नेकपा एमालेको काठमाडौं कमिटीमा औपचारिक विभाजन आएको छ । माधव नेपाल समूहले बसन्त मानन्धरको नेतृत्वमा आज अलग्गै जिल्ला कमिटीको घोषणा गर्यो ।
राजधानीमा आयोजित कार्यक्रममा नेताद्वय झलनाथ खनाल र माधव नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो । बाग्मती प्रदेशसभा सदस्य मानन्धरको नेतृत्वमा बनाइएको कमिटीमा उपाध्यक्ष शोभा सापकोटा छिन् भने सचिवमा कुसुम कार्मी र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ छानिएका छन् ।
नेपाल समूहको जिल्ला समिति २ सय २५ सदस्यीय रहेको छ ।