उपभोक्ता ठगीको आरोप लागेको राजेश हार्डवेयरको केन्द्रीय कार्यालयसहितका सबै शाखा अनुसन्धानको दायरामा तानिएको छ । वाणिज्य, आपूर्ति तथा उपोक्ता संरक्षण विभागको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।
तत्कालका लागि हार्डवेयर कम्पनीलाई तीन लाख रुपैयाँ जरिबाना गर्ने, पक्राउ गरेका व्यक्तिलाई तारेखमा छोड्ने र कम्पनीको केन्द्रीय कार्यालयदेखि सबै शाखाको कारोबार अनुसन्धान गर्ने निर्णय भएको प्रवक्ता सेढाईंले जानकारी दिए । ‘तत्कालका लागि ऐनको दफा १६ (२) को ‘क’ बमोजिम उपभोक्ता ठगीको कसुरमा जरिबानाको कारबाही गरेका छौं, पक्राउ परेका व्यक्तिलाई तारिखमा छोडिएको छ र केन्द्रीय कार्यालयसहित हार्डवेयरका सबै शाखामा अनुसन्धान हुने निर्णय गरेका र्छौ,’ प्रवक्ता सेढाईंले भने ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शनिबार स्थलगत अनुसन्धान गरेर राजेश हार्डवेयरको बालाजु शाखा सिल गरेको थियो ।