पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो । तर, त्यसको कार्यान्वयन हुन सकेको छैन । नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन । दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ ।

भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर आउन पाइरहेका छन् । सीमावर्ती बजार रुपैडियामा किनमेल गर्न जानेहरूका लागि प्रहरीको रोकटोक नाम मात्रको छ ।

केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोनाको जोखिमबाट सर्वसाधारणलाई जोगाउन किनमेलका लागि रुपैडिया जान प्रतिबन्ध गर्ने निर्णय गरिए पनि कार्यान्वयनको अवस्थाबारे थाहा नभएको बताए । सीमा नाकामा नियमित अनुगमन के भइरहेको छ भन्ने जिज्ञासामा कुरुम्बाङले भने, ‘भोलिदेखि नै सीमामा कडाइ गरिनेछ ।’

हेल्थ डेस्कमा छैनन्
मेडिकल अधिकृतस्वास्थ्य सेवा विभागअन्तर्गत रोग नियन्त्रण महाशाखाले नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर ११ चैतदेखि हेल्थ डेस्क सञ्चालन गरेको छ । देशभरिका डेढ दर्जन सीमा नाकामा यस्तो व्यवस्था गरिएको छ । तर, जमुनाहास्थित हेल्थ डेस्क लक्ष्यको आधा कर्मचारीबाट चलेको छ । एक जना मेडिकल अधिकृतसहित ६ स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा तीन जनाले मात्र काम गरिरहेका छन् । दिउँसो हेल्थ डेस्कमा पुग्दा एक जना ल्याब, अर्का अहेब र एक अनमी काम गरिरहेका थिए । सिफ्ट सकिएको भन्दै अनमी जाँदा दुई जनाले काम गरेको पाइएको थियो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा विस्तृतमा छ ।

Loading...
error: Content is protected !!