कोरोना अपडेट: थप ३३२ जनामा संक्रमण, ७९ जना निको

नेपालमा बिहीबार थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ । त्यस्तै थप ७९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७३ हजार ६०८ जना कोरोनामुक्त भएका छन् ।

गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् । हाल नेपालमा २ हजार ४५४ जना आइशोलेशन र ७७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २३ लाख २ हजार १७३ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Loading...
error: Content is protected !!