देउवा निवासमा बसेको तीन दलको बैठक बिनानिष्कर्ष सकियो

जसपाले माग्यो समय

नयाँ सत्ता समीकरणबारे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार अपरान्ह करिब आधा घण्टा बसेको बैठकमा देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्र र जसपाका शीर्ष नेता सहभागी थिए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजको बैठकमा जसपाले पार्टीमा छलफल गर्न समय माग गरेको पत्रकारहरूलाई बताए । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन छिट्टै फिर्ता लिइने पनि बताएका छन् । जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि रहेको बताए । माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ  । श्रेष्ठका अनुसार अर्को बैठक छिट्टै बस्नेछ ।

Loading...
error: Content is protected !!