नागार्जुनको जंगलमा ठूलो आगलागी

नियन्त्रणका लागि दमकलसँगै खटिए सेना र प्रहरी

काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ।

आइतबार बिहान करिब ११ बजे आगलागी भएको निकुञ्जका गेम स्काउट गोपाल बस्नेतले जानकारी दिए।बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट आगलागी सुरू भएको उनले बताए।

‘कसरी सुरू भएको भन्ने थाहा भएन। आगलागी भएको खबर आएपछि प्रहरी र हाम्रो टोली खटिएको छ,’ उनले भने,’ दुई घन्टा बढीदेखि आगलागी भएको हो। ठूलो छ। हावाहुरीका कारण आगलागी थप बढेको हो।’प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी आगलागी नियन्त्रण गर्न लागि परेको उनले बताए।

तीन वटा दमकलले आगलागी नियन्त्रण गर्न लागेको छ। करिब दुई सय जना जति खटिएका छन्। आगलागीको विस्तृत  विवरण आउन बाँकी छ।

Loading...
error: Content is protected !!