पछिल्ला केही दिनमा नेपालमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा देखिएको छ । नेपालको छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहर सुरुवात भएसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको हो । यसैबिच सोमबार थप ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिललो २४ घण्टामा ५ हजार १०५ वटा नमुना परिक्षण गर्दा ५ सय ५९ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ ।
त्यस्तै थप १ सय ३८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार १६५ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म तीन हजार ५३ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् ।
हाल नेपालमा ३ हजार ३०६ जना आइशोलेशन र ८५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २३ लाख १७ हजार २८४ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।