तारकेश्वर नगरपालीकामा भीषण हावाहुरी,कृषि तथा पशुपंक्षीपालन गर्ने ठाउँमा क्षति

तारकेश्वर नगरपालीकामा बिहीबार राती भीषण हावाहुरी कारण जनजिवन प्रभावित भएको छ ।यस्तै काठमाण्डौ उपत्यका लगाएत  बिभिन्न ठाँउमा सेमेत हावाहुरीको असर देखिएको छ । अहिले रातको समयमा आएको भयानक हावाहुरीका कारण मानिस घरबाहिर निस्कन सक्ने अवस्था छैन । । राति ९ बजेदेखि शुरु भएको हावाहुरी निरन्तर चलिरहेको छ । यसबाट भएको क्षतिको जानकारी भने यो समाचार तयार पार्दा सम्म प्राप्त भएको छैन । भीषण हावाहुरीले खासगरि बाक्लो बस्ती नभएका छेऊछाउमा कृषि पशुपंक्षिपालन गरेर बसेका कृषकका टहराहरुमा ठुलो क्षति पुगेको अनुमान छ ।

देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएको समाचार छ।

थप समाचार केही बेरमा

Loading...
error: Content is protected !!