गए रातिको हावाहुरीले मनमैजु मन्दिरको रुख ढाल्यो

आज पनि हावा हुरीका साथै चट्याङ पर्न सक्ने सम्भावना

तारकेश्वर नगरपालीका ९ मा गए रातिको भीषण हावाहुरी कारण मनमैजु मन्दिर परिसरको पिपलको रुख हावा हुरिले  ढलेको छ । यस्तै काठमाण्डौ उपत्यका लगायत विभिन्न ठाउँमा समेत हावाहुरीको असर देखिएको छ । भीषण हावाहुरीले खासगरि बाक्लो बस्ती नभएका छेऊछाउमा कृषि पशुपंक्षिपालन गरेर बसेका कृषकका टहराहरुमा ठुलो क्षति पुगेको छ ।

आज प्रदेश १, सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी भूभागहरुमा केही स्थानमा हावाहुरी, चट्याङ र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मौसम बदली आगामी आइतबारसम्म कायमै रहने छ । शनिबार र आयतबार पनि दिउँसो र रातको समयमा देशका विभिन्न पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन, चट्टयाङ र हावा हुरीसहित हल्का पानी पर्नेछ ।

हावा हुरीका साथै चट्याङ पर्न सक्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेतसमेत गराएको छ ।

Loading...
error: Content is protected !!