काठमाडौंको तारकेश्वरमा एक पुरुष मृत भेटिएका छन् । तारकेश्वर नगरपालिका ६ धर्मस्थलिमा नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नम्वर ४ चौघडाका ५२ वर्षीय माइलो पुतुवार मृत भेटिएको प्रहरीले बताएको छ ।
शुक्रबार बिहान घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलार्ई खबर गरेका थिए । मृतक बिहीबार साँझ एक भोज समारोहमा उपस्थित भएको र फर्कदाँ बाटोमा गएराति आएको हावाहुरीका कारण लडेर मृत्यु भएको प्रहरीले आशंका गरेको छ ।
शवको मुचुल्का उठाएर त्रिवि शिक्षण अस्पतालमा पठाइएको बालाजु प्रहरी वृतका प्रहरी निरिक्षक गम्भीर जंग थापाले बताए ।