तारकेश्वर नगरस्तरीय राट्रिय सगीतकर्मी संघको प्रथम भेला सम्पन्न

तारकेश्वर नगरपालिकास्तरीय राट्रिय संगीतकर्मी संघको प्रथम भेला तथा नयाँ वर्ष २०७८को शुभकामना आदान – प्रदान कार्यक्रमा सम्पन्न भएको छ ।

शनिबार राष्ट्रिय संगीतकर्मी संघ काठमाडौंद्धारा आयोजित उक्त कार्यक्रम तारकेश्वरको लोकतान्त्रिक चोकमा अवस्थित एक पार्टी प्यालेसको सभाहलमा सम्मन्न भएको हो ।

भेलाले कलाकार अजय अधिकारी (शुशिल)अध्यक्ष ,कलाकार अस्मिता धमला उपाध्यक्ष र कलाकार सविन गौतम सचिव रहने गरि अन्य पदाधिकारी र सदस्यहरुसाथमा सर्वसम्मतिबाट नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अमृत थापाले नगरभित्र विधिन्न मौलिक संस्कृतिहरु रहेकाले ती संस्कृतिको जर्गेना गर्न कलाकार तथा संघसमक्ष अनुरोध गरे । नगर तथा वडाको विकासका लागि कलाकारको महत्वपूर्ण भूमिका रहने भन्दै कला तथा संस्कृतिको जर्गेनाको अभियानमा वडाको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जाहेर गरे । त्यस्तै कार्यक्रममा प्रध्यापक डां. प्रदिप चन्द्र गौतमले संगीत सबैको साझा भाषा भएको धारणा व्यक्त गरे ।

संघले नगरभित्रका टोलटोलमा लुकेर बसेका प्रतिभाको खोजी गरि उनिहरुको प्रतिभालाई प्रस्फूटन गराउने तथा गीतसंगीत,कला र संस्कृतिको जर्गेना गर्ने संगीतकर्मीहरुलाई एकिकृत गर्ने जस्ता उद्देश्यले यस्ता विविध कार्यक्रमहरु आयोजना गदै आएको आयोजकको भनाई छ।

Loading...
error: Content is protected !!