काठमाडौँ उपत्यकासहित मुलकका विभिन्न स्थानमा वर्षा

 काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भईरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार बिहान ३ बजेतिरदेखि  काठमाडौँसहितका स्थानमा वर्षा भएको हो । महाशाखाका अनुसार वर्षा गराउने मौसम प्रणाली भारतको दक्षिणी क्षेत्र हुँदै वाग्मती प्रदेशमा आइपुगेको र यसकै असरले अहिले वाग्मतीसहित, प्रदेश २, प्रदेश १ लगायतका क्षेत्रमा वर्षा भएको हो ।

प्रिमनसुनको समय भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि कायमै रहेको छ । यस्तै शुक्रबार पनि देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहने महाशाखाले बताएको छ ।

Loading...
error: Content is protected !!