काभ्रेस्थलीमा आधुनिक डिजाइनको स्वास्थ्य चौकी भवन बन्ने

तारकेश्वर नगरपालिकाको वडा नम्बर २ काभ्रेस्थलीमा आधुनिक डिजाइनको स्वास्थ्य चौकी भवन बन्ने भएको छ ।  सनराइज कोलनी नजिक ८ आनाको क्षेत्रफलमा बन्न लागेको उक्त भवनको शनिबार तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले उद्घाटन् गरेका छन्।

स्थानीय समाजसेवी सरिता चौलागाई र सानु सापकोटाले आफ्ना स्वर्गीय पिताको नाममा दान गरेको चारर चार आना गरि जम्मा आठ आना जग्गामा सो स्वास्थ्य चौकी भवन बन्न लागेको हो । सम्भावित अन्डरग्राउड सहितको तीन तले बन्ने सो स्वास्थ्य चौकी भवनको तारकेश्वर वडा नं. २ को रु १८ लाख बजेट , स्थानीयहरुले धान्यान्चल महायज्ञ र सप्ताह ज्ञान महायज्ञबाट संकलन गरेको अनुमानित रु ३० लाख बजेट र स्थानिय दाताहरुबाट संकलन गरिएको बजेट गरि करिब ५५ लाखको बजेटबाट  निर्माण हुन लागेको सोही वडाका वडा अध्यक्ष रविन्द्र केसीले बताए ।

अध्यक्ष केसीका अनुसार दुई वर्षभित्र निर्माण कार्य सम्पन्न हुने गरि भवन निर्माण उपभोक्ता समितिबाट निर्माण कार्यमा सहजीकरण गर्ने कार्य अगाडि बढिसकेको छ । यदि बजेट अपुग भएमा अपुगरकम नगरपालिकाले थप गरेर भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता  समेत जनाएको अध्यक्ष केसीले बताए ।

 

Loading...
error: Content is protected !!