काठमाडौँमा ११३२ सहित नेपालमा ३ हजार १२२ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ११३२ सहित उपत्यकामा थप १४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ललितपुरमा २७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

९ हजार २९२ जनाको पीसीआर र ७९६ जनाको एन्टिजेन परीक्षण भएको गौतमले जनाए ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ जना रहेको छ ।

Loading...
error: Content is protected !!