तारकेश्वर सानो पुल नजीकै एक घरमा आगोलागी , साढे दुई करोडको क्षति

काठमाडौंको तारकेश्वर नगरपालिका-४ लोलाङ हाइटको एउटा घरमा आइतबार दिउँसो आगलागी भएको छ।

सोफा बनाउने कारखानामा वेल्डिङ गर्ने क्रममा अपरान्ह साढे ४ बजेपछि आगलागी भएको वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले जानकारी दिए।

उनका अनुसार फममा आगलागी भएपछि कामदारहरू भागेका थिए। पाँच तले घरको तेस्रो तल्ला रहेको कारखानामा आगो लागेको हो।

‘सामान सबै जलेका छन् तर मानवीय क्षति भएको छैन,’ वडा अध्यक्ष श्रेष्ठले भने, । अब आगो नियन्त्रणमा आइसक्यो।’

आगलागीबाट साढे दुई करोड बराबरको धनमाल जलेर नस्ट भएको छ।

 

Loading...
error: Content is protected !!