राष्ट्रिय फुटसल टिमको प्रशिक्षकमा गौरव बस्नेत

नेपाली राष्ट्रिय फुटसल टिमको प्रमुख प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्।अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई ६ महिनाका लागि प्रशिक्षक नियुक्त गरेको हो।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले मंगलबार बस्नेतलाई नियुक्त पत्र हस्तान्तरण गरे।

उनलाई प्रशिक्षक नियुक्त गर्न एन्फाको फुटसल कमिटीले सिफारिस गरेको थियो। बस्नेतले आगामी अक्टोबरमा हुने २०२२ एएफसी फुटसल एसियन कप छनोटमा नेपाली टिम सम्हाल्नेछन्।

Loading...
error: Content is protected !!