‘अक्सिजन सपोर्ट’मा राखेर हुँदैछ पूर्वराजा-रानीको उपचार

कोरोनाभाइरसको संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरिएको छ।

नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराजा दम्पतीलाई नै अक्सिजन सपोर्टमा राखिएको जनाएको हो। शाह दम्पती गत शनिबार दिउँसो एक बजे अस्पताल भर्ना भएका थिए।

कोरोनाबाट संक्रमितहरूमा हुन सक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, अस्पतालमै रहेकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई अक्सिजन सपोर्ट नदिइएको अस्पतालले जनाएको छ।

उपचाररत् उनीहरूको अवस्था सामान्य र स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।

Loading...
error: Content is protected !!