नेपाली काँग्रेसको भातृ सङ्गठन नेविसंघका निवर्तमान केन्द्रीय सदस्य मनीष जङ्ग थापाको नेतृत्वमा आज काठमाण्डौंस्थित नयाँ बसपार्कमा मास्क तथा स्यानिटाइजर वितरण गरीएको छ । विभिन्न समूह बनाएर प्रत्येक बसमा एक सय सर्जिकल मास्क र १ थान स्यानिटाइजर वितरण गरिएको मनीष जङ्ग थापाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएका कारण आफूहरूले मास्क तथा स्यानिटाइजर वितरण गरेको थापाले जानकारी दिए ।
मास्क तथा स्यानिटाइजर वितरण कार्यक्रममा सामुदायिक क्याम्पस समन्यन समितिका संयोजक परोपकार अधिकारी त्यस्तै नेविसंघका नेताहरू सुशान्त सिटौला, सुवर्ण श्रेष्ठ, सौरभ सेढाँइ लगायतको सहभागिता रहेको थियो ।