तारकेश्वर स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी

काठमाडौंको तारकेश्वर नगरपालिका १ स्थित शिवपुरी  राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ।

 

मङ्गलवार  करिब बेलुका ४ बजेदेखि सुरु भएको आगलागी फैलिँदै गएको प्रहरीले जनाएको छ। बेलुका ४ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन। निभाउनका लागि दमकल परिचालन गरिएको छ।

 

प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लागेको भने पत्ता लागेको छैन। आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन्।
Loading...
error: Content is protected !!