शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी

शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।

बुधबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले टोखामाथिको जंगलमा आगलागी भएको देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसपछि आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

 

अहिले त्यहाँ नेपाली सेनाको दमकल पुगिसकेको छ, अन्य दमकल पनि जाँदैछन् । यसअघि २९ चैतमा पनि शिवपुरी–नागर्जुन जंगलमा आगलागी भएको थियो, नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी खसालिएको थियो ।

Loading...
error: Content is protected !!