नवोदित विद्या कुञ्ज उमावि सामाखुशीमा अध्यापनरत एक शिक्षकको कोरोना संक्रमणबाट ज्यान गएको छ।
नवोदित स्कूलमा गणित बिषय अध्यापन गर्दै आएका रामकृष्ण पोख्रेलको ५५ बर्षको उमेरमा उपचारका क्रममा हिजो चितवन मेडिकल कलेज चितवनमा ज्यान गएको हो।
लामो समयदेखि उक्त विद्यालयमा अध्यापन गर्दै आएका पोख्रेल नवोदित विद्याकुञ्ज माविमा का कोर्डिनेटर तथा नवोदित कलेजका शेयर सदस्य थिए। उनी कुशल समाजसेवीका साथै काठमाडौँ लायन्स क्लव इन्टरनेशनल, ३२५ बि (१) लाइन्स क्लव अफ काठमाडौं नवोदितको चार्टर मेम्बर रहेर समेत कार्य गर्दै आएका थिए।
उनको निधनप्रति कलेजका प्राचार्य राजेन्द्र अधिकारीसहित सम्पूर्ण शिक्षक, शिक्षिका, पूर्व विद्यार्थी समाज लगायत अध्यनरत विद्यार्थीहरुले दुख प्रकट गरेका छन्।
अधिकारीले एक शोक बिज्ञप्ति मार्फत नवोदितले प्रखर गणितज्ञ, सरल, मृदुभाषी, शान्त, सहृदयी तथा अत्यन्त मिलनसार हँसमुख स्वभावका आत्मीय मित्र गुमाउनुपर्दा निकै मर्माहत भन्दै शोकसन्तप्त सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका, कर्मचारी, परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका हुन्।