तारकेश्वर नगरपालिकाभित्र विपद्को अवस्थामा व्यापारीहरुले धमाधम कालोबजारी गरिरहेका छन् । खाद्यक र औषधी पसलहरुले वास्तविक मूल्यभन्दा वढी मूल्यमा सामान बेचेको भन्दै नगरवासीहरु आक्रोसित बनेका छन।
नगरपालिकाभित्र खाद्यान्न पसल र मेडिकलमा व्यापक कालोबजारी हुँदा पनि प्रभावकारी अनुगमन नभएको भन्दै स्थानीय आक्रोसित बनेका छन।
नगरपालिकामा संचालित मेडिकलहरुले एउटा सामानलाई मनलाग्दी रुपमा फरक फरक भाउमा बेच्ने गरेको स्थानीय संचार माध्यमहरुले गरेको स्थलगत अध्ययनमा पाइएको छ भने खाद्यान्न पसलहरुले पनि विषम परिस्थितिको फाइदा उठाउदै कालोबजारी गर्दै आएको भन्दै नगरवासीहरु आक्रोसित बनेका छन।
सरकारको बजेट भासण पश्चात साउन बाट बढाउनु पर्ने बजार भाउलाई पसले हरुले अहिले बाट नै वृद्धि गरेर नगरवासीको ढाड नराम्रो संग सेक्दा समेत कुनै देखिने कारवाही वा अनुगमन समेत नगरेको भन्दै एक स्थानीयले तत्काल आवस्यक कदम चाल्नका लागि नगरपालिकालाई आग्रह गरेका छन।
अहिले नगरपालिकाका हरेक मेडिकल र पसलहरुमा मनलाग्दी रुपमा बजार भाउ तय गरिएको छ भने कुनै पनि आवस्यक स्वास्थ्य मापदण्ड समेत पालना गरिएको छैन।
अधिकांश पसलमा म्याद गुज्रिएका अखाद्य वस्तुहरु र पेयपदार्थहरु भेटिएका छन।