तारकेश्वर नगरपालिकाको खोपमा पहुँचवालाको रजाइँ

गत जेठ २५ गतेदेखि लगाउन सुरु गरिएको चिनियाँ खोप भेरोसेलमा पहुँचवालाको रजाइँ भएको पाइएको छ । सरकारले भेरोसेल खोप जेठ २५ गतेदेखि ३० गते सम्म ६० देखि ६५ वर्षसम्मका उमेर समूहका लागि लगाउने निर्णय गरेको थियो । जसअनुसार काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकामा पनि सोही अनुसार खोप लगाउने कार्यक्रम सुरु भएको थियो । तर खोप तोकिएको उमेर समूहकालाई नलगाएर पहुँचवालालाई लगाइएको पाइएको छ ।

नगरपालिकाले आफ्नो निकटका ६० वर्ष नपुगेका मानिसलाई खोप प्रदान गरेको तर वृद्ध वृद्दाले भने ६ देखी ७ घण्टासम्म लाइनमा बस्दा पनि खोप नपाएको नगरवासीले गुनासो गरेका छन् । यसरी पहुँचवालालाई खोप लगाएपछि नगरपालिकाले जेठ २७ गते माग अनुसार खोप नआएकोले तत्कालका लागि स्थगित गरिएको भनेर सूचना निकालेको थियो ।

Loading...
error: Content is protected !!