तारकेश्वर नगरपालिकाको ९ औं नगर सभा सम्पन्न (फोटोसहित)

१ अर्व ८४ करोड १२ लाख बजेट बिनियोजन

तारकेश्वर नगरपालिकाको नगरसभामा रु १ अर्व ८४ करोड १२ लाख बजेट पेश भएको छ ।आर्थिक वर्ष २०७८÷२०७९ का लागि नगरसभाको बुधबार भएको नवौं नगरसभा मा चालुतर्फ ७० करोड ४७ लाख २१ हजार र पुँजीगत खर्चतर्फ १ अर्व १३ करोड ६४ लाख ९७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

राजश्व बाँडफाँडबाट ५३ करोड १२ लाख ४२ हजार रकम संकलन गरिने बुझिएको छ । त्यस्तै आन्तरिक आम्दानीबाट रु। २१ करोड ७० लाख ७५ हजार खर्च गरिने बुझिएको छ । नेपाल सरकारबाट समानीकरण अनुदानतर्फ २२ करोड ५९ लाख र सर्शत विशेष तथा समपुरक अनुदान तर्फ रु। ३३ करोड १२ लाख, प्रदेश सरकारबाट अनुदानतर्फ २ करोड ५१ हजार, र्शत विशेष तथा समपुरक अनुदानतर्फ ५ करोड २६ लाख ५३ हजार र अन्इ स्थानीय तहबाट सहयोग रु। ५ करोड र विशेष कोषबाट १२ करोड ३१ लाख १७ हजार र नगद जनसहभागिताबाट ४ करोड र अन्य आयबाट २४ करोड ९९ लाख ८० हजार गरी कुल १ अर्व ८४ करोड १२ लाख १८ हजार जुटाइने नगरपालिकाको लक्ष्य रहेको छ ।

Loading...
error: Content is protected !!