वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री बन्ने हल्ला निराधार : सचिवालय

नेकपा (एमाले) उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछन् भन्ने समाचार झुटो रहेको उनको सचिवालयले बताएको छ ।

सामाजिक सञ्जाल र पत्रपत्रिकामा गौतमको नाम जोडेर आएका समाचारमा चरित्र हत्या गर्न खोजिएको उनका स्वकीय सचिव दीपक टमटाले बताए । यस्ता समाचारमा सत्यता नभएको र यस्तो कपोकल्पित समाचारको पछाडि नलाग्न उनले अनुरोध गरेका छन् ।

Glocal dishhome

यस्ता समाचार दुष्प्रचारबाहेक अन्यथा केही नभएको भन्दै उनले सबैलाई त्यसमा विश्वास नगर्न अनुरोध गरे ।

‘विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा क. वामदेव गौतमको नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचार प्रति कुनै सत्यता नभएको र यस्ता कपोल कल्पित समाचार उनको चरित्र हत्यामा संलग्न अपराधी तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको व्यहोरा जानकारी गराउन चाहन्छौं’, टमटाले भने ।

यद्यपि राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम आफैले भने संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् ।

Loading...
error: Content is protected !!