काठमाडौं उपत्यकामा थप ६९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६९७ जनामा संक्रमण भएको हो।
जसमध्ये काठमाडौंका ४९०, भक्तपुरका ७९ जना र ललितपुरका १२८ जना छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७१५ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९१८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ९०१ गर्दा ९२० मा संक्रमण देखिएको छ।