जोरपाटीबाट १० जना जुवाडे पक्राउ

प्रहरीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित एक घरबाट १० जना जुवाडेलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । उनीहरुलाई मंगबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जुवा खेलिरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ९७ हजार रुपैयाँ र ६ बुक तास समेत बरामद गरेको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...
error: Content is protected !!