काठमाडौँको बनस्थलीमा भिषण आगलागी

काठमाडौँको बनस्थलीमा भीषण आगलागी भएको छ । बनस्थली चोकबाट ३ सय मिटर अगाडी रहेको एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको हो ।

बुधबार दिउँसो करिब ४ बजे सोफा फ्याक्ट्रीबाट सुरु भएको आगलागीले वरिपरिको घरमा समेत क्षेती पुगेको प्रत्यक्षदर्शी धिरज उपरकोटीले जानकरी दिए ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो ।चार वटा दमकलले आगलागी नियन्त्रणमा आएको छ ।

आगो निभाउनको लागि पानी ट्यांकरहरू पनि परिचालन गरिएको थियो।आगो नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायत खटिएका थिए ।आगलागीको कारण भने खुलेको छैन ।

Loading...
error: Content is protected !!