आजदेखि तारकेश्वर नगरपालिकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइने

तारकेश्वर नगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ।

भेरोसेल खोपको पहिलो मात्रा आज बिहीबार उक्त उमेर समूहका नागरिकलाई लगाउने तयारी नगरको छ।

आज तीन स्थानबाट कोभिड भ्याक्सीन भेरोसेल खोप लगाइने भएको छ ।

तारकेश्वर नगरपालिकाको धर्मस्थली स्वास्थ्य चौकी, मनमैजु स्वास्थ्य चौकी र काभ्रेस्थली स्वास्थ्य चौकीबाट भेरोसेल खोप लगाइने भएको छ ।

नगरका स्वास्थ्य साखा प्रमुख विनोद कुमार शाहाका अनुसार आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाउने कार्यक्रम छ।

नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर गएमा खोप लगाउन पाइन्छ।

Loading...
error: Content is protected !!