काभ्रेस्थलीको भेडीगोठमा बस दुर्घटना हुँदा पाँच जना घाइते
घुम्टी बाटोमा गति अनियन्त्रित हुँदा बस दुर्घटना
काठमाडौँको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थली –२ भेडीगोठमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । आज बिहान जरङ्गखुदेखि काभ्रेस्थली जाँदै गरेको बा ४ ख ८२८६ नम्बरको बस अनियन्त्रित भई बाटोबाट ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा परि घाइते भएका बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको र्धमस्थलीका प्रहरी नायव निरीक्षक पदम अवस्थले जानकारी दिएका छन् । उनीहरू सबैको अवस्था सामान्य रहेको अवस्थीले बताए ।
घुम्टी बाटोमा गति अनियन्त्रित हुँदा बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यस्तै बस दुर्घटना भएनजिकै विपरीत दिशाबाट आएको बाग्मती प्रदेश ०१९ प १०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टेको थियो । बाइक चालक प्रतीक कुँवरका अनुसार अगाडी तिब्र गतिमा आएको गाडीका कारण मोटरसाइकल चालकले नियन्त्रण गुमाएको बताएका छन् ।