वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट छैन : गगन थापा

सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहीँकतै नचुक्न पनि ध्यानाकर्षण गरेका छन् ।

बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता थापाले भने, ‘कुनै पनि ‘एक्सक्यूज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भनेर भन्ने दिन अब गए । अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो ।’

Glocal dishhome

‘केपी ओलीले यो गरेन, त्यो गरेन भनेर भन्ने दिन अब गए । अब अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने हो‚’ थापाले भने‚ ‘कुनै पनि एक्सक्युज यो सरकारले पाउने छैन। एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन ।’

नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यकता पनि औंल्याए । फरक प्रसंगमा उनले पार्टीको आसन्न १४औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गरे । ‘पार्टीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाइँदैन । हाम्रो संविधानले पाँच वर्षपछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ,’ उनले अगाडि भने ।

नेता थापाले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक नभएको पनि स्पष्ट पारेका छन् ।

Loading...
error: Content is protected !!