विदुर नगरपालीकाको वडा नं. १३ मा ‘फलफूल पकेट विकास कार्यक्रम’ मा भ्रष्टाचार गरिएको भन्दै त्यसको बिरोधमा भोलि सबै वढामा अहिलेको सञ्जु पण्डित नेतृत्वको विरुद्धमा भोली भण्डाफोर अभियान कार्यक्रम आयोजना गरिएको छ ।
यही साउन १८ गते नेपाली काग्रेसको अगुवाईमा विदुर नगरपालिका कार्यकारी अधिकृत, लेखा र कृषि शाखामा ताला लगाउने प्रयास गर्दा भएको झडप तथा तोडफोडको घटनाको समीक्षा गर्दै भोलि २२ गते सबै वडामा बिरोध कार्यक्रम सञ्चालन गर्न आज बसेको नगर कार्यसमितिको बेठकले निर्देशन दिएको हो ।
विदुर नगरपालिकाको नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं. १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिए अनुसार सुन्तला र कागतिको बिरुवा वितरण नभएको पाइएको छ ।आज वडा नं। १३ मा भएको स्थलगत अध्ययनको क्रममा फलफुलको विरुवा वितरण नगरी अपरादर्शी गरिएको देखिएको छ ।
आयोजित पत्रकार सम्मेलनमा १३ नं. वडाका पाटी सभापति हरेराम पौडेलले नगरपालिकामा क्षति पुराउने कुनै मनशाय नभएकाले अल्पनीय रुपमा भएको घटनाको जिम्मेवारी लिदै क्षति पुगेको संरचनाको समेत मर्मतसम्भार गर्ने बताएकाछन् । कार्यालयमा पुगेको क्षति नगरपालिकाले एक लाख रुपैयाँ उल्लेख गरेपनि त्यहाँ करीब ४० हजार रुपैयाँ क्षति पुगेको पाइएकाले मर्मतसम्भारको लागी लाग्ने खर्च वडा कार्यसमितिले ब्यहोर्ने प्रतिबद्धता जनाएको हो । १३ नं वडाका वडाध्यक्ष दलबहादुर तामाङको अनुसार ‘फलफूल पकेट विकास कार्यक्रम’को लागी १३ लाख रुपैयाँमा तोकिएको सङ्ख्या भन्दा निकै कम बिरुवा वितरण भएको लगायतको अनियमितता पाइएकाले बिरोध गर्नुपरेको बताइएको छ ।