बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी (फोटोसहित)

बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा आगलागी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो ।

१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।

Loading...
error: Content is protected !!