मुख्यमन्त्री नियुक्त हुने तयारीमा रहेका भीम आचार्यका भाइ मृत भेटिए

प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुने तयारीमा रहेका एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ मृत भेटिएका छन् । आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् । उनी बिहीबार बिहान मृत भेटिएका हुन् ।

मृत भेटिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोली उनको घर पुगेको छ । उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको छ । आचार्यलाई  मुधमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ। मृतक भीम आचार्यका कान्छा भाइ हुन् ।

यस्तै मृतक रामप्रसादका दाई भीम आचार्य नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा शपथग्रहण गराउने तयारी छ ।

Loading...
error: Content is protected !!