काठमाडौँमा स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ

ट्राफिक प्रहरीले गोकर्णेश्वरबाट स्कुटर चोरीमा संलग्न १ जनालाई स्कुटर चोरी गरी भाग्दै गर्दा पक्राउ गरेको छ।

महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बा७०प ५०५३ नम्वरको हरियो रंङको डीओ स्कुटर लिई हिँडिरहेको अवस्थामा गोकर्णेश्वरको अर्यालगाउँबाट चालकसहित नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेमा सिराहाको कर्जना नगरपालिका–२ भुल्के घर भई काठमाडौं गौरीघाट बस्ने वर्ष २४ को अर्पण महत रहेको महाशाखाले जनाएको छ।

उक्त स्कुटर धनी काभ्रे पाँचखाल घर भई गोकर्णेश्‍वर नयाँबस्ती बस्ने प्रविन श्रेष्ठले ९ गते अन्दाजी १२ बजे हराएको भनी हुलिया जानकारी दिएका थिए। सोही सूचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त स्कुटर फेला परेको हो।

अनुसन्धानको क्रममा स्कुटरको वास्तविक नंम्बर परिवर्तन गर्ने अवसरको खोजी गर्दै हिँडेको अबस्थामा महत पक्राउ परेका हुन्।

स्कुटर धनी श्रेष्ठको निवेदनका आधारमा स्कुटर सहित मानिसलाई थप अनुसन्धान एव कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले जानकारी दिए।

Loading...
error: Content is protected !!