गोकर्णेश्वरका विद्यालयहरु भाद्र १५ गते देखि भौतिक रुपमा संचालन हुने

गोकर्णेश्वरका विद्यालयहरु भाद्र १५ गते देखि भौतिक रुपमा संचालन हुने भएका छन।

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा भाद्र ११ गते भएको राजनीतिक दल ,अभिभावक,विद्यालयहरुका संगठन र अन्य सरोकारवाला पक्षको बृहत छलफल पछी भाद्र १३ गते बसेको नगर शिक्षा समितिको बैठकले आगामी भाद्र १५ गते देखि सुरक्षा मापदण्ड सहित विद्यालयहरु खोल्ने निर्णय गरेको हो ।

गोकर्णेश्वर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख विजय प्रसाद आचार्यले सुचना जारी गर्दै विद्यालय स्वयंले सुरक्षा र स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने बताएका छन ।

 

Loading...
error: Content is protected !!