काठमाडौं उपत्यकाका स्कूल संचालन बारे आज ३ जिल्लाका प्रमुख जिल्लाहरुको बैठक बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा आज राती १२ बजे सकिन लागेको निषेधाज्ञा बारे पनि निर्णय गरिने भएको छ। अब उपत्यकामा कसरि स्कूलहरु संचालन गर्ने भनेर आज छलफल हुनेछ। गत भाद्र १३ गते देखि काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेका स्कूलहरु संचालन भैसकेका छन।
अब अन्य नगरपालिकामा छात्र छात्राहरु भौतिक रुपमा उपस्थित भएर स्कूल खोल्न दिने वा नदिने बारे आजको बैठकले निर्णय गर्नेछ।