तारकेश्वर नगरपालिकामा रहेर लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय स्थापित समाजसेवी कविन्द्र खत्रीले नेपाली कांग्रेसको आसन्न अधिवेशनमा तारकेश्वर नगरपालिकाबाट नगर सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन् । विगत २०/२२ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय खत्रीले नगरपालिका भित्र विभिन्न सामाजिक संघसस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आएका छन्।
तारकेश्वर नगरपालिका वडा नम्बर ६ का स्थायीवासी खत्री क्रियापुत्री भवनको उपाध्यक्ष, ढलविकास समितिको सचिवको भूमिकामा रहेर महत्वपुर्ण काम गर्दै आएका छन्।
कांग्रेसलाई विपीको समाजवादी यात्रामा हिडाउन, रुपान्तरण गर्नको लागि नेतृत्वमा बसरे काम गर्नुपर्ने भएको भन्दै उनले आफूले सबै क्षेत्रलाई समेटेर जान नगर सभापतिमा उम्मेदवारी दिएको बताए ।
‘अब समाजको लागि युवाहरुले केहि गर्नुपर्छ, युवा पनि पार्टी चलाउन सक्षम छौं’, उनले भने,‘काम गरेर देखान उम्मेदवारी दिने तयारी गरेको हुँ।’ खत्रीले तारकेश्वर नगरपालिकाका कांग्रेसका सबै साथीहरुको आफुलाई साथ र सहयोग रहेको र उहाहरुकै आग्रहमा नगर सभापतिमा उम्मेदवारी दिन लागेको समेत बताए।