नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिएका छन्। उनले कांग्रेस सभापति स्वयंले कदमजम सिद्धान्तको उल्लंघन गरेको आरोप लगाएका छन्।
‘नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरुपले नमिल्ने र नसक्ने भएकाले आजैका मितिदेखि लागू हुनेगरी उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु,’ उनले जारी गरेको वक्तव्यमा भनिएको छ।’