कांग्रेस तारकेश्वर नगर सभापतिमा ईच्छाराम कार्कीको उम्मेदवारी घोषणा

तारकेश्वर–६ कासमाजसेवी ईच्छाराम कार्कीले नेपाली कांग्रेसको आसन्न अधिवेशनमा तारकेश्वर नगरपालिकाबाट नगर सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन् ।

हाल नेपाली कांग्रेसका महासमिती सदस्य समेत रहेका कार्कीले आसन्न अधिवेशनमा तारकेश्वर नगरपालिकाको सभापतिमा पदमा उम्मेदवार भई चुनाव लड्ने घोषणा गरेका हु्न् ।

वि.स. २०५४ सालको स्थानीय निर्वाचनमा राप्रपाको वडाध्यक्षको उम्मेदवार भई राजनीतिमा प्रवेश गरेका कार्की २०७४ मा आईपुग्दा नेपाली कांग्रेसको महासमित सदस्यमा मनोनित भएका हुन् ।

तारकेश्वर नगरपालिकाका युवाहरु माझ राम्रै घुलमिल भएका कार्की विभिन्न सामाजिक संस्थामा आवद्ध भई सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् ।

राजनीतिलाई पेशा होईन, सेवाको रुपमा हेरिनुपर्छ भन्ने मान्यता राख्ने समाजसेवी कार्की नेपाली कांग्रेस तारकेश्वरको सभापतिमा भिड् तयार रहेको बताउँछन् ।

विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन लोकत्रान्त्रिक फोरमका काठमाडौ जिल्ला सभापतिका साथै केन्द्रिय सदस्यको भूमिका समेत निर्वाह गरिसकेका कार्की पार्टी समायोजन पश्चात हाल नेपाली कांग्रेसका महासमिती सदस्य पदमा छन् ।

तारकेश्वर नगरपालिकाका विभिन्न सामाजिक संस्थामा समाजसेवी कार्की आवद्ध छन् । तारकेश्वर–४,५ र ६ को संयूक्त स्थलमा रहेको गुप्तेश्वर महादेव मन्दिर व्यवस्थापन समितीको अधयक्ष, उक्त मन्दिर परिसरमा रहेको क्रियापुत्री भवन संरक्षण समीतिको संस्थापक सदस्य समेत रहेका छन् ।

विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य समेत रहेका समाजसेवी कार्कीले विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग समेत गर्दै आएका छन् ।

कार्की भन्छन्, विद्यार्थी कालदेखि राजनितीमा आवद्ध भएको हु भन्दै राजनीतिलाई पेशाको रुपमा कमाउ धन्दा विकृति पैदा भएको छ । यस्तो विकृतिलाई चिरफार गर्दै राजनीतिलाई सेवा र समर्पितको भावनाले अगाडी बढाउने नेतृत्वको विकास गर्न आवश्यक छ ।

तारकेश्वर नगरपालिका क्षेत्रमा भएका प्रति जग्गा व्यवस्थापनका साथै संरक्षणको लागि आवश्यक पहल गरेको बताउनुहुन्छ समाजसेवी कार्की ।

नेपाली कांग्रेस तारकेश्वर नगर कमिटीमा नेताको वरिपरि घुम्ने भन्दा पनि जनताको पिरमर्का बुझ्ने नेतृत्वको आवश्यक रहेकोले आफ्नो उम्मेदवारी घोषणा गरेको ईच्छाराम कार्की बताउँछन् ।

Loading...
error: Content is protected !!