कांग्रेस तारकेश्वर नगर सभापतिमा हरि तिमिल्सिनाको उम्मेदवारी घोषणा

तारकेश्वर नगरपालिकामा रहेर लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय स्थापित मानवअधिकारकर्मि हरि तिमिल्सिनाले नेपाली कांग्रेसको आसन्न अधिवेशनमा तारकेश्वर नगरपालिकाबाट नगर सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन् । विगत १५ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय तिमिल्सिनाले नगरपालिकाका विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै नगरपालिकाको हरेक गलत निर्णयको विरुद्ध एक्लैले खबरदारी गर्दै आएकाछन् । उनले हेल्पिङ हेण्ड अस्पताल पुनः संचालन गरेर नगर स्तरीय अस्पताल बनाउन पर्ने भन्दै अभियान संचालन गरेकाथिए।

उनी बागमती प्रदेश तरुण दलका सदस्यको भूमिकामा रहेर महत्वपुर्ण काम गर्दै आएका छन्।

तारकेश्वर नगरपालिकाको आगामी स्थानीय चुनावमा ११ वटै वडामा र नगरमा कांग्रेसलाई जिताउने र सबै क्षेत्रलाई समेटेर जान नगर सभापतिमा उम्मेदवारी दिएको तारकेश्वर खबरलाइ बताए ।

तिमिल्सिनाले तारकेश्वर नगरपालिकाका कांग्रेसका सबै साथीहरुको आफुलाई साथ र सहयोग रहेको र उहाहरुकै आग्रहमा नगर सभापतिमा उम्मेदवारी दिन लागेको समेत बताए।

Loading...
error: Content is protected !!