भक्तपुर पुगेर प्रधानमन्त्री देउवाले दिए महेश बस्नेतलाई चुनौती (भिडियोसहित)

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा आफूलाई नभएर भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन नेकपा (एमाले) नेता महेश बस्नेतलाई चुनौती दिएका छन् ।

शुक्रवार भक्तपुरबाट पार्टीको वडा अधिवेशन शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले थापालाई हराएर देखाउन बस्नेतलाई चुनौती दिएका हुन् । केही दिनअघि भक्तपुरका एमाले नेता बस्नेतले भक्तपुरमा शेरबहादुर देउवा चुनावमा लड्न आए आफूले सहजै जित्ने बताएका थिए ।

देउवाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरी पार्टी सङ्गठनलाई थप सशक्त बनाइने भन्दै महाधिवेशन सफलताका लागि एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले आगामी दिनमा काँग्रेस बलियो र सशक्त हुने विश्वास व्यक्त गरेका छन् ।

सभापति देउवाले भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर ५ मा वडा अधिवेशनको उद्घाटन गरेका छन् । वडा अधिवेशन र २१ भदौदेखि निर्वाचन हुनेगरि यसअघि नै काँग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ । निर्वाचनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन् ।

Loading...
error: Content is protected !!