नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै उम्मेद्धवारी घोषणा गर्नेको लहर चलेको छ ।
अहिलेसम्म नगरसभापतिमा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, नुवाकोट उद्योग वाणिज्य संघकै वरिष्ठ उपाध्यक्ष गिता अमात्य, विदुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल, हरिलाल श्रेष्ठ र युवा नेता शंकर पाण्डेले दाबी गरिरहेका छन् ।
झण्डै १० लाख क्रियाशील सदस्य रहेको नेपाली कांग्रेसको महाधिवेशन डेढ वर्ष ढिलो गरी साढे पाँच वर्षपछि हुन लागेको हो । वडा अधिवेशनबाट शुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ । केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म हुनेछ ।