तारकेश्वर नगरपालिकामा कोभिड–१९ विरूद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । यहि भदौ २० र २१ गते दुई दिन खोप कार्यक्रम सञ्चालन हुने नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले बताएका छन् । शाहकाअनुसार खोप कार्यक्रम वडा नं. ६ को धर्मस्थली ग्रामसेवा मा.वि., वडा नं. ८ को मनमैजु स्वास्थ्य चौकी र वडा नं. ११ को शहरि स्वास्थ्य केन्द्रबाट सचालन हुनेछ ।
भेरोसेल खोप लगाउन पाइने लक्षित वर्गमा १८ वर्ष माथिका कक्षा १२ अध्ययनरत विद्यार्थीहरु र ४० वर्ष भन्दा माथिका नागरिकहरुलाई लगाइनेछ । खोप कार्यक्रम बिहान १०बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ ।
खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने नागरिकता वा प्रवेशपत्र र आइडी कार्ड लिएर जानुपर्नेछ । खोप लगाउनु जानुभन्दा अगाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइट vaccine.mohp.gov.np मा गई विद्युतीय नाम दर्ता अनिवार्य गर्नुपर्नेछ ।