तारकेश्वर नगरपालिकाको ११ जना जनप्रतिनिधिले आज काठमाडौको जिल्ला निर्वाचन पुगेर नेकपा एकीकृत समाजवादी दलमा सनाखत गरेका छन।
तारकेश्वर नगरपालिकाकि उपप्रमुख भवानी डोटेल धिताल वडा न २ का वडा अध्यक्ष रविन्द्र केसि वडा न ६ का वडा अध्यक्ष मधु कार्की वडा न ३का वडा सदस्य हरि शरण घिमिरे र ऋिषिराम अधिकारी वडा न २ का वडा सदस्य अर्जुन भण्डारी र सकुन्तला सुनवार वडा न ९ को सानू कान्छा महर्जन र श्री काजी बहादुर महर्जन वडा न ५ को वडा सदस्य राम कुमार दाहाल गरि तारकेश्वर नगरपालिका बाट ११ जनाले सनाखत गरेका हुन् ।