काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा बा ३ ख ८६३९ नम्बरको माइक्रो दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय सञ्जय विकको मृत्यु भएको हो ।
गाडीमा चालक र सहचालक सहित ११ जना सवार भएको प्रहरीले जनाउको छ । गाडी शनिबार बिहान ४.५० बजे सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । अर्घाखाँचीका जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते २ जना र अन्य ३ जना गरी ५ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।
अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । घटनास्थलमा ठाडा ईलाका प्रहरी कार्यालयको टोली पुगेको छ ।