तारकेश्वरमा भौतिक रूपमा विद्यालय खोल्ने तयारी

तारकेश्वर नगरपालिकाले स्मार्ट लकडाउनको प्रावधान भित्र रही भौतिक रूपमा विद्यालय सञ्चालन गर्न सक्ने गरी नियम बनाएको छ ।

आज बसेको नगर शिक्षा बैठकको निर्णय अनुसार सबै मापदण्डको पूर्ण पालना गरी विद्यालय सञ्चालन गर्न सकिने नगर शिक्षा प्रमुख होमनाथ अधिकारीले तारकेश्वर खबरलाई बताए ।

लामो समय देखी विद्यालय भौतिक रूपमा सञ्चालन गर्न नसकिएकाले बिदा बस्न नमिल्ने व्यवस्था गरेको छ ।

विद्यालय भौतिक रूपमा सञ्चालन गर्नु अगाडी वडा अध्यक्ष, वडा प्रतिनिधि, वडाको स्वास्थ्यकर्मी विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको उपस्थितीमा विद्यालय सञ्चालन कार्य योजना निर्माण गरेर मात्र विद्यालय सञ्चालन गर्न पाइने छ ।

Loading...
error: Content is protected !!