काठमाडौं उपत्यकामा थप चार सय ५३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप चार सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार उपत्यकामा चार सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। काठमाडौंमा दुई सय ८८, ललितपुरमा ९८ र भक्तपुरमा ६७ जना कोरोना संक्रमित थपिएका हुन्।

योसँगै काठमाडौं उपत्यकामा सात हजार पाँच सय ८९ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौं जिल्लामा चार हजार १९८, ललितपुरमा दुई हजार ७५ र भक्तपुरमा एक हजार ३१६ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा नेपालभर सात हजार ९७१ जनामा कोरोना परीक्षण गरेको मन्त्रालयले जनाएको छ। सो संख्यामा परीक्षण गर्दा देशभर एक हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार एक हजार ५३४ संक्रमित निको भएका छन्।

त्यस्तै कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ।

Loading...
error: Content is protected !!