तारकेश्वर नगरपालीका ११ को स्वास्थ्य चौकी नजिक एक घरमा गएराती अबिरल बर्षाका कारण पहिरो गएको छ । पहिरोका कारण घर जोखीममा भएको घरधनी बिराट घिमीरे बतउछन् ।
पहिरो राती १ः३० बजे गएको स्थानीय शुशील केसीले तारकेश्वर खबरलाइ बताए । उनले भने , पहीरो जाँदा भाग्न पर्ने स्थीती समेत बनेको थियो । प्रहरी, सैनीक र जनप्रतिनिधि बिहान ६ बजे सो स्थलमा आएर उद्दारकार्य गरीरहेकाछन् ।
मानवीय क्षती नभएको तारकेश्वर ११ का वडा अध्यक्ष विन्दा बुढाथोकीले बताए ।
पहिरोले स्वास्थ्य चौकीलाइ पनी असर पारेको हुनाले कोराना बिरुद्दको खोप समेत प्रभावीत परेको छ । आज तारकेश्का बिभिन्न ठाउमा समेत बर्षाले क्षती पुराएको छ ।