तारकेश्वर ८ मा रहेको सिएनमार्टले चाडबाडलाई लक्षित गरेर कुशे औंसीको दिन ग्राहकहरूलाइ मनपर्ने परिकार,केक, मिठाइ लगायतका सामग्रीहरू बिशेष छुटमा दिने भएको छ ।
हरेक वर्ष कुशे औंसीको दिन देशभर आफ्ना बाबुलाई मनपर्ने परिकार, कपडा वा बाबुलाई मनपर्ने सामग्री उपहार दिएर आफ्ना पिताको सम्मानमा यो चाड मनाउने गरिन्छ । सोहीअनुरुप ग्राहकहरूलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्रीहरू खरिद गर्नुहुन मार्टका संचालक उद्धव तिमिल्सिनाले तारकेश्वर खबरलाइ जानकारी गराए ।
सिएनमार्टले ”Father’s Day Special ” लाई स्पेसल दिनको रुपमा समेत मनाउने जानकारी गराएको छ ।
ग्राहकहरूले उक्त विशेष दिनमा सामग्री खरिद गरी केक, मिठाइ लगायतका सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्नेछन् ।
गएको एक महिना देखी मार्टले खाध्य र खेलकुद सामाग्रीमा १० देखी १५ प्रतिसत सम्म छुट गरेको अर्का सञ्चालक राजेश तिमिल्सिनाले बताए ।